प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशु सेवा तालिम केन्द्र
धनगढी ,नेपाल

परिचय

 तालिम केन्द्रको विगत र वर्तमानः मुलुकको अर्थतन्त्रमा पशुपालन व्यवसायले प्रमुख भुमिका खेलेको छ । यसै तथ्य लाई मनन गरि नेपालमा पशुपालन पेशालाई ब्यवसायिकरण र बिबिधिकरणको माध्यमबाट आय मुलक र सम्मानित पेशाको रुपमा बिकास गरि देशको कुल राष्टिय उत्पादनमा योगदान पुर्याउने  पशु सेवा विभागको उदेश्य रहेको एंव यसको प्राप्तिमा टेवा पुर्याउन पशु सेवा तालिम र प्रसारका क्रियाकलापहरुको महत्वपुर्ण भुमिका रहेको हुँदा समानुपातिक रुपमा पशु सेवा उपलब्ध गराउने र पशु पालनलाई दिगो रुपमा ब्यावसायिकरण गरी उत्पादकत्व बढाउने उदेश्यले नेपाल सरकार पशु सेवा विभागले पाँच वटै विकास क्षेत्रमा क्षेत्रिय पशु सेवा तालिम केन्द्र  स्थापना गर्ने लक्ष्य अनुसार वि.स. २०५२ श्रावण १ गते देखि यस सुदुर पश्चिम विकास क्षेत्र अर्न्तगत कैलाली जिल्लाको धनगढीमा तत्कालिन पशु सेवा तालिम तथा पशु सेवा  तालिम तथा प्रसार महाशाखा र हालको पशु सेवा तालिम तथा प्रसार निर्देशनालय अर्न्तगत यस क्षेत्रिय पशु सेवा तालिम केन्द्रको स्थापना भएको हो ।  स्थापना काल देखि नै यस तालिम केन्द्रको कार्यालय धनगढी उप महानगरपालिकामा रहदै आएको छ । वि.स. २०५८ साल जेष्ठ देखि यसै उपमहानगरपालिकाको वडा नं. ५ तारानगरमा युरोपेली समुदाय तथा तेस्रो पशु विकास आयोजनाको सहयोगमा निर्मित कार्यालय भवन रहेको छ । हाल वि.स. २०७५ साल देखि प्रदेश सरकार सुदुरपश्चिम प्रदेश अर्न्तगत रहने गरी क्षेत्रिय पशु सेवा तालिम केन्द्रको नाम  परिवर्तन गरी पशु सेवा तालिम केन्द्र धनगढीको स्थापना भएको छ ।

उद्धेश्य

केन्द्रको उदेश्यः यस तालिम केन्द्रले अधिकृत स्तर , सहायक स्तर र कृषक स्तरका तालिमहरु सञ्चालन गरी तपशिल बमोजिमका उदेश्यहरु निर्धारण गरेको छ ।

दीर्धकालिन उद्धेश्यः

·       पशु पालनका नयाँ प्रविधिहरु प्रभावकारी रुपमा कृषक स्तरसम्म हस्तान्तरण गरी पशुपालक कृषकहरुको आयस्रोत अभिवृद्धि गरी गरिबी न्युनिकरणमा सहयोग गर्ने ।

·       पशु पालनमा भित्रिएका नँया खोज तथा अनुसन्धान र प्रविधिहरु लाई कृषक स्तरसम्म पुर्याइ पशुपालन ब्यवसायलाई आधुनिकरण,ब्यवसायिकरण र विविधिकरण गर्ने ।

अल्पकालिन उद्धेश्यहरुः

·       ग्रामिण स्वरोजगारीको सिर्जना गर्ने ।

·       जिल्ला भेटेरिनरि तथा पशु सेवा विज्ञ केन्द्र र  स्थानिय तह पशु सेवा शाखामा कार्यरत कर्मचारीको ज्ञान,सिप अभिबृद्धि गरी प्राबिधिकहरुको कार्यदक्षता अभिबृद्धि गर्ने ।

·       गरीब,दलित,जनजाती, अल्पसंख्यक,पिछडिएको र एकल महिला जस्ता बिपन्न बर्ग लाई पशुपालन पेसामा संग्लन हुन प्रेरणा प्रदान गर्ने ।

·       पशु जन्य उत्पादन बढाउन बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने ।

·       सरकारी तथा गैरसरकारी संस्थाहरु सँग समन्वय गरी कृषकहरुलाई पशु पालन पेसा तर्फ आकर्षित गर्ने ।

·       ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता लाई पुन तार्जगी तालिम प्रदान गरी सोको माध्यमबाट ग्रामिण समुदायका पशुपन्छीहरुको स्वास्थ्य संरक्षण,संर्वधन तथा नश्ल सुधार गर्न सहयोग पुर्याउने ।

·       बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुसँग समन्वय गरी पशु सेवा सम्बन्धि तालिमहरु संचालन गर्ने ।

·       पशु सेवा सम्बन्धि तालिमहरुको अनुगमन र मुल्यांकन गर्ने ।

 

 नितिगत अबधारणाहरुः

·       अधिकृत स्तर,सहायक स्तर र कृषक स्तरका तालिमको प्रकृति तथा केन्द्रमा रहेका भौतिक स्रोत साधनहरुको आधारमा पशु सेवा तालिम केन्द्रहरुमा संचालन गर्ने ।

·       पशु सेवा तालिम केन्द्र लाई सुदृढ एवं सक्षम बनाउन उक्त तालिम केन्द्रहरुको लागि आवश्यक पर्ने न्युनतम पुर्वाधार सुविधाको व्यवस्था गरी स्तरिय तालिम संचालनमा जोड दिने ।

·       स्वरोजगारमुलक तालिमको पहिचान गरी र संचालन गरी ग्रामिण स्तरमा स्वरोजगारीको अवसरको सृजना गर्ने ।

·       तिन दिन भन्दा लामो अवधिको तालिमहरु तालिमको प्रभावकारीता र कृषकहरुको मागलाई ध्यानमा राखि स्थलगत रुपमा पनि संचालन गर्ने ।

 

 

केन्द्रको जिम्मेवारी


© 2024 Copyright : धनगढी ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd